BREAKING NEWS

Wednesday, January 28, 2015

छ हप्ते विद्युत जडान स्तरवृद्धि (अपग्रेडिङ) तालिमको सुभारम्भ


लेखनाथ १४, माघ
लेखनाथ उद्योग वाणिज्य सघ, व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र जागरण सामुदायिक विकास केन्द्र, कास्की को संयुक्त आयोजनामा छ हप्ते विद्युत जडान स्तरवृद्धि (अपग्रेडिङ) तालिम लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सुभारम्भ भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं व्यवसायिक तथा सिप विकास केन्द्रका केन्द्र प्रमुख तिलक रिजालले यस तालिमबाट युवाहरु आफु स्वरोजगार हुने र आम्दानीको राम्रो श्रोत हुनेहुदाँ सवै सहभागिहरुलाई ध्यान दिएर सिक्नका लागि अनुरोध गर्नुभयो । 
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहभागिलाई स्वागत गर्दै अध्यक्ष गिरीले आफ्नै देशमा सीप सिकी व्यवसायीक वन्नका लागि सवैलाई आग्रह गनुभएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, जागरण सामुदायिक विकास केन्द्र, कास्कीका अध्यक्ष धना पाण्डे,  प्रशिक्षक मानवहादुर भूजेल लगायतका वक्ताहरुले तालिमका वारेमा आ आफ्नो धारणा राख्नुुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव वलराम ढकालले संचालन गर्नुभएको कार्यक्रममा लेखनाथ र परिषरका गा.वि.स.का ३० जना युवाहरुको सहभागिता रहेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .