BREAKING NEWS

Wednesday, January 14, 2015

एक खिल्ली चुरोट बेचे १० हजार जरिवाना


काठमाडौं, माघ १– 
सरकारले सुर्तीजन्य पदार्थको फुटकर बिक्रीमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । अब कुनै व्यापारीले चुरोेट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थमा खिल्लीमा बिक्री गरेमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, ०७१’ मंगलबार जारी भएको हो । 

स्वास्थ्य मन्त्रस्तिरीय निर्णयबाट सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, ०६८ र नियमवाली भएका अस्पष्टता हटाउन निर्देशिका जारी भएको मन्त्रालयले जनाएको छ । 
निर्देशिका जारी भएसँगै सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न बनेका ऐन तथा नियमवालीमा चएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न बाटो खुलेको छ । 
निर्देशिकाको दफा २८ मा चुरोट, बिँडी, सिगार र इलेक्ट्रोनिक सिगरेटजस्ता सुर्तीजन्य पदार्थको खिल्ली फुटकर वा खुद्रा रुपमा बिक्री–वितरण गर्न नपाउने उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .