BREAKING NEWS

Tuesday, January 27, 2015

लिटल फ्लावरको अभिभावक दिवस सम्पन्न


१२ माघ, लेखनाथ । 
लेखनाथको रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीको २१ औं अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जगबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न अभिभावक दिवसमा प्रमुख अतिथि ल्यापटेन धनबहादुर गुरुङ्गले शिक्षामा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउदै यस क्षेत्रमा लिटल फ्लावरले थप ईट्टा थप्नुपर्नेमा जोड दिए । विद्यालयका डाइरेक्टर कमल खडकाले कार्यक्रम माथि प्रकाश पारेका थिए भने विद्यालय सञ्चालक देवी खडकाले स्वागत मन्तव्य राखेकी थिइन् । स्वागतकै क्रममा विद्यार्थी शोफिया गुरुङ्गले मन्तव्य राखेकी थिइन भने कराते समेत प्रदर्शन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य बिष्णुहरि पौडेलले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रिन्सिपल प्रकाश पन्तले विद्यालय गतिविधी प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए उक्त अवसरमा शैक्षिक तथा खेलकुद सप्ताहको पुरस्कार वितरण गरिएको थियो । पूर्व विद्यार्थी डेबिड गुरुङ्ग र निकिल गुरुङ्गले गीत प्रस्तुत गरेका थिए भने नेहिता गुरुङ्गले मन्तव्य राखेकी थिइन । विद्यार्थीहरु मेघना गुरुङ्ग र सविन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा रिठेपानी सहकारीका यम गुरुङ्ग समाजसेवी मन प्रसाद गुरुङ्ग लगाएतले बोलेका थिए । उक्त कार्यक्रममा रोहित गुरुङ्ग नृत्य निर्देशक पूर्व विद्यार्थी नेहिता गुरुङ्ग तथा प्रदिप नेपालीलाई सम्मान गरिएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .