BREAKING NEWS

Tuesday, January 6, 2015

मनकामना केवलकार पोखरा कप सुरु, सरस्वतीको विजयी सुरुवात


पोखरा, २२ पुस

पोखरामा मंगलबारदेखी चौथो संस्करणको मनकामना केवलकार पोखरा कप २०७१ सुरु भएको छ । उद्घाटन खेलमा सरस्वती क्लबले र झापाको रोलिङ स्पोर्ट क्लब झापालाई पराजित गरेको छ । खेलमा सरस्वतीले रोलिङ क्लबलाई १–० को गोल अन्तरले पाखा लगाउदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
खेलको ४७ औ मिनेटमा रोलिङ क्लबका खेलाडी विकास गौचनले सरस्वतीका खेलाडी विमल राना मगरलाई डि–बक्समा लडाएपछि सरस्वतीले पाएको पेनाल्टीलाई सरस्वतीका कृष्ण शाक्यले गोलमा परिणत गदैै टिमलाई अग्रता दिएका थिए । उनको त्यही गोल नै सरस्वतीका लागी जितका लागी प्रयाप्त बन्यो । रोलिङका खेलाडी रितेस मल्लले खेल २० औ मिनेटमा पाएको बललाई क्रस प्रहार गर्दा दोस्रो बारबाट हुदै बल वाहिरियो ।
सरस्वतीका खेलाडी विमल रानामगरले खेलको २६ औ मिनेटमा दिएको क्रस पासलाई दिपेश श्रेष्ठले सदुपयोग गर्ने सकेन्न । रोलिङका खेलाडी कुमार गिरीले खेलको ५२ औ मिनेटमा प्रहार गरेको बल फस्ट जाली चुम्न खोच्दा सरस्वतीका गोल रक्षक भिमसेन दुरा मगरले बचाए । नतिजा हात पारेमा पनि सोचे जस्तो राम्रो खेल्न नसकेको सरस्वतीका प्रशिक्षक डिसम धिमालले खेल सम्पन्न भएपछि प्रतिक्रिया दिए ।
पहिलो खेल भएको हुनाले टिम सेट नभएको कारणले गर्दा राम्रो खेल प्रस्तुत गर्न नसकेको बताए । रोलिङका प्रशिक्षक गम्वीर राईले स्टाईकर अभाव खड्किएको बताए । उनले सरस्वती क्लब आफैमा राम्रो टिम भएको हुनाले पनि अफ्नो खेलाडीहरुको मनोबल घटेको हुनाले राम्रो खेल्न नसकेको स्वीकार गरे ।
खेलको म्यान अफ द म्याच भने सरस्वतीका खेलाडी कृष्ण शाक्यले हात पारे । बुधबारको खेल नेपाल पुलीस क्लब र रुपन्देही फुटबल क्बल बिच खेल हुने छ । प्रतियोगीतामा स्वदेशी र विदेशी गरि १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगीताको विजेताले तीन लाख ५५ हजार नगदराशी पुरस्कार पाउने छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्घाटन गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .