BREAKING NEWS

Saturday, January 17, 2015

तालचोक बजार व्यवस्थापन समितिको अध्यक्षमा भण्डारी


३ माघ, लेखनाथ ।
तालचोक बजार व्यवस्थापन समिति लेखनाथ ७ को प्रथम अधिवेशनले ऋषिराम भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको शनिवार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले उपाध्यक्षयमा खड्गवहादुर गुरुङ्ग, सचिवमा उपेन्द् सुवेदी राजु, सहसचिवमा सरिता सुवेदी र कोषाध्यक्षमा नगेन्द्र बराललाई चयन गरेको छ ।
यसैगरी समितिको सदस्यमा बेलवहादुर थापा, छवि क्षेत्री, शोभा कंडेल, हरिश्चन्द्र गैरे, बलराम बराल, भिमप्रसाद पौडेल रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा र लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा र बाबुराम गिरीले राजनितिक अस्थिरताका कारण मुलुकमा व्यवसायीहरु धरासायी हुँदै गएको बताएका थिए । उनिहरुले विभिन्न दलहरुले आयोजना गर्ने वन्दका कारण लाखौ रुपैया ऋण लिएर कारोबार गरेका व्यवसायी मर्कामा परेको भन्दै, वन्द हड्ताल बन्द गर्न आग्रह गरे ।
अध्यक्षद्धय थापा र गिरीले तालचोकलाई व्यवस्थित बजारीकरण गर्न संघले सहयोग गर्ने प्रतिवद्धता दोहोर्याएका थिए ।
समितिका अध्यक्ष ऋषिराम भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा समाजसेवी कृष्णराज पौडेल, लक्ष्मी आदर्श वहुमुखी क्याम्पसका अध्यक्ष बाबुराम जमरकट्टेल, संस्थाका सल्लाहकार एल के शर्मा, सरिता सुवेदी, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही क्रममा समाजसेवी कृष्णराज पौडेल र लेखनाथ हार्डवयर एशोसियशनका परिकल्पनाकार भक्तवहादुर केसी लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सचिव उपेन्द्र सुवेदी र कोषाध्यक्ष नगेन्द्र बरालले पेश गरेको प्रतिवेदन पारित गरिएको थियो । अधिवेशन पछि आयोजित बनभोज कार्यक्रममा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .