BREAKING NEWS

Wednesday, January 14, 2015

पोखरा कपको उपाधि हात पार्ने मनाङ मस्र्याङदीको चाहना अधुरो


पोखरा, ३० पुस/उपाधिमाथि ह्याट्रिक गर्ने मनाङ मस्र्याङदीको चाहना नेपाल पुलिस क्लबले अधुरो राखिदियो । पोखरा कपको चौथो संस्करण मनकामना केवलकार पोखरा कप उचाल्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यलाई पुलिसले पोखराको मैदानमा मंगलबार २–१ गोल अन्तरले टुग्याईदियो । मनाङ र पुलिस पोखराको मैदानमा विशेष गरी फाईनल चरणमा भिड्दै आएका थिए । 

मनाङ सफल पोखरा कपको दोस्रो र तेस्रो संस्करणको विजेता हो । उसले दोस्रोमा मछिन्द्र र तेस्रोमा थ्र्री स्टार क्लबलाई पराजित गदै उपाधि उचालेको थियो । पुलिसको जितमा भरत शाह र जुमानु राईले एक÷एक गोल गरे । कप्तान अनिल गुरुङले एक गोल फर्काएका थिए ।
अब पुलिसले उपाधिका लागी एपीएफ र थ्री स्टार विचको विजेतासंग माघ ३ गते खेल्ने छ । पुलिसले पोखरा कपको पहिलो उपाधि उचाल्न थ्रि स्टार वा एपीएफ वीच बिहीबार हुने खेल पर्खनु पर्ने छ । पोखरा रगंशालाको फुटबल मैदानमा खेल सुरुवातको चौथो मिनेटमै पुलिसले मनाङ बिरुद्ध गोल गदै अग्रता लिन सफल भएको थियो ।
कप्तान जुमानु राईले हेड मार्फत दिएको पासलाई मनाङका रक्षापत्तिका खेलाडी हेम गुरुङले रोक्न गरेको प्रयासलाई असफल बनाउदै डिबक्स लाइनबाट विपक्षिगोलक्षक विशाल श्रेष्ठलाई विट गर्दैै भरत शाहले प्रहार गरेका थिए । पहिलो गोलबाट निराश बनेका मनाङको समर्थनमा झण्डा लिएर रगंशालामा पुगेका दर्शकलाई खुशी दिने क्रममा खेलको १६ औ मिनेटमा गोल गदै खेल बराबरीमा ल्यायो ।
बिशाल राइले प्रहार गरेको कर्नरलाई ६ यार्डबाट घरेलु मैदानमा अनिल गुरुङले हेड गर्दै गोलमा परिणत गरे । निकै आक्रामक रुपमा प्रस्तुत भएको पुलिसले तीन मिनेटमै दोस्रो गोल गदै २—१ को अवस्थामा पु¥यायो । म्यान अफदी म्याच भरत शाहको पासमा कप्तान जुमानु राईले १९ औ मिनेटमा प्रहार गरेको बल सेकेण्डबार हुदै जाली चुम्दा मनाङका गोलरक्षकले पत्तै पाएनन् । प्रतियोगिता अन्र्तगत अन्तिम सेमिफाइनल खेल सशस्त्र प्रहरीको (एपीएफ) क्लब र थ्रि स्टार क्लब वीच हुने छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .