BREAKING NEWS

Tuesday, January 13, 2015

रुपाकोट महोत्सब २०७१ को उदघाटन


कास्कीको रमणीय तथा पर्यटकीय गाउँ रुपाकोट १ भीरचोकमा मंगलबारदेखि सुरु गरिएको छ। विशेष कार्यक्रमका बिच जिल्ला बिकास समिती कास्कीका योजना प्रमुख कृतन राज पौडेलले महोत्सब उदघाटन गर्नुभयो । महोत्सब को पहिलो दिन १० औ ध्रुब तारा भलिबल प्रतियोगिता को खेल संचालन भयो । पहिलो खेलमा गोर्खा कालिका क्लब सिद्द लाई २ / १ को सेटले  पराजित गर्दै सिङापुर पुलिश गाइज बिजयी भएको छ । प्रतियोगिता मा कुल १२ टिम को सहभागिता रहेको छ । यसै गरी आज नै सम्पन्न प्रा बि स्तरिय हाजिरिजवाफ प्रतियोगितामा गाउ फर्क प्रा बि प्रथम्, बिस्वसान्ती मा.वि
 दोस्रो र प्रगतिसिल प्रा बि ले तेस्रो स्थान प्राप्त गरेका छन । प्रतियोगितमा कुल १२ विद्यालयको सहभागीता रहेको थियो ।
बिजयी बिधालयलाई भिरचोक 
आमा समुहका अध्यक्ष बाल माया गुरुङ्, प्रमुख अथितीबाट सिल्ड्, मेडल्, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।
क्लबका अध्यक्ष प्रेम कुमार खड्काको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा सचिव त्रीबिक्रम के. सी ले स्वागत गरेका थिए भने कोषाध्यक्ष मोहमद महसिन मिया कार्यक्रम सन्चालन गररेका थिए । भोलि नृत्य प्रतियोगिता, लोक दोहोरी कार्यक्रम, सास्कृतिक कार्यक्रम साथै भलिबल प्रतियोगितका बिभिन्न खेलहरु हुनेछन ।


स्थानीय कला संस्कृतिको संरक्षण, रुपाकोटको वृहत्तर विकास’ नाराका साथ स्थानीय ध्रुबतारा क्लबले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिने महोत्सव माघ १ गतेसम्म चल्नेछ । रुपाकोट गाविस, चन्द्रप्रभा उच्च मा.वि, भिरचोक आमा समूहको सहयोग तथा नेपाल पर्यटन बोर्डका प्रवद्र्धनमा महोत्सव संचालन हुन लागेको हो ।
२०५६ देखि २०६० सालसम्म माघेसक्रांन्ति मेला आयोजना गर्दै आएको क्लबले २०६५ सम्म भिरचोक मेला र २०६५ देखि रुपाकोट महोत्सव आयोजना गर्दै आएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .