BREAKING NEWS

Monday, January 5, 2015

ढुङ्गानाको ‘सातै तालको शहर’ बजारमा, ‘गीतले समग्र लेखनाथको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने’


२० पुस, लेखनाथ । लोक दोहोरी गायक शिवहरि ढुङ्गानाको पहिलो एल्बम ‘सातै तालको शहर’ बजारमा आएको छ । मेला महोत्सव र दोहोरीसाँझमा आफ्नो प्रतिभा सुनाई लाखौँ लोक पारखी माझ परिचित बनिसकेका उनको चर्चा एल्बम बजारमा आएसँगै बढेको छ ।
अवसर र प्रतिभा भएमा एल्बम ननिकालेपनि स्थपित हुन सकिन्छ भन्ने प्रमाणित गरीसकेको उनी पहिलोपटक एल्बम मार्फत दर्शक श्रोता माझ पुग्दा पाएको सकारात्मक प्रतिक्रियाबाट हौसीएका छन् । एल्बममा समावेश गीतको शव्द र लय संकलन ढुङ्गानालेनै गरेको गीतमा आवाजमा कृष्णा परियारले उनलाई साथ दिएकी छन् । आफ्नो जन्मभुमी सात तालको शहर लेखनाथको सेरोफेरोलाई गीत मार्फत प्रस्तुत गरेका उनले गीतबाट समग्र लेखनाथको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने उनको विश्वास छ । ‘गीतले समग्र लेखनाथको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएको छु’ उनले सुनाए । गीतको भिडियोमा लेखनाथमा तथा त्यस आसपासमा रहेका प्राकृतिक सम्पदालाई कैद गरेका छन् । भिडियोमा बलराम पौडेल, पुजा गुरुङ्गको साथमा ढुङ्गानाले समेत अभिनय गरेका छन् । जीवन्त संगीत प्रा.ली.को प्रस्तुतीमा बजारमा आएको एल्बममा जीवन दाहाल र तारापती सुवेदीको ‘सानु तिम्रो विहे पछि हो’ र ‘चाहिदैन र धन’, शंकरविरहि गुरुङ्गको ‘पोखरा बजार’ सालैजो भाका समेत समावेश गरेका छन् ।
हुनत आजभन्दा ३३ वर्ष अगाडी कास्कीको लेखनाथ नगरपालिका–४, ढुङ्गानाथरमा बुबा गोपाल र आमा धनेश्वरी ढुङ्गानाको कान्छो सन्तानको रुपमा जन्मिएका शिवहरी सानैदेखि लोकदोहोरीप्रति रुचि राख्थे रे । स्कूल तथा गाउँमा विभिन्न संघ–संस्थाले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा भाग लिईहाल्थे । त्यसोत गाई, बाख्रा चराउन जाँदा समेत गीत गुनगुनाउने गर्ने उनी विशेषगरी त्यतिबेला एकल गीत गाउने गर्थे । यसरी स्कुल र गाउँमा आयोजना हुने गरेका कार्यक्रममा गीत गाउदाँ पाएको सकारात्मक प्रतिक्रियालेनै यो क्षेत्रमा अगाडी बढ्न हौसिए । स्ववीयु पृथ्वीनारायण क्याम्पसले २०५७ मा आयोजना गरेको लोक दोहोरी प्रतियोगीतामा भाग लिएर यस क्षेत्रमा अगाडि बढेका उनले खैरनीटार महोत्सव, लम्जुङ्ग महोत्सव, स्याङ्गजा महोत्सव लगायतका दर्जन बढी प्रतियोगीतामा भाग लिई पुरस्कार जिते । यसरी पाएको सफलताले उनको चर्चा बढ्दै गयो । फलस्वरुप व्यवसायिक कलाकारको रुपमा अगाडि बढ्ने सोचका साथ २०६१ मा संगालो दोहोरी साँझ हस्पिटलचोकमा गीत गाउन थालेका उनले विगत ९ वर्षदेखि मान्द्रो दोहोरी साँझ चिप्लेढुङ्गामा हरेक साँझ आफ्नो प्रस्तुती राख्ने गर्दछन् । त्यसो त उनले विभिन्न ठाउँमा आयोजना हुने लोकदोहारी प्रतियोगितामा निरन्तर निर्णायकको भूमिका निर्वाह गर्दैआएका छन् ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष समेत रहेका ढुङ्गानाले अब जिल्ला शाखा कास्कीलाई परीमार्जीत गर्दै अगाडी बढाउने बताएका छन् । हाल लोक दोहोरी क्षेत्रमा देखिएको विकृती प्रति चिन्तित उनी यस्ता विकृती विसंगतीबाट लोक दोहोरी क्षेत्रलाई मुक्त गराउन अभियाननै सञ्चालन गर्ने बताउँछन् । यस्का लागि तत्कालै लोक दोहोरी गीतको महत्व लोकप्रियताका साथै यस्ले समेट्नु पर्ने विषयवस्तुको बारेमा सबैलाई जानकारी दिने अभिप्रायका साथ विद्यालय स्तरीय प्रतियोगीता आयोजना गर्ने योजना रहेको उनले बताए । ‘हाम्रो संस्कृती अनि लोक दोहोरी क्षेत्रको बारेमा विद्यालयबाटै जानकारी दिन प्रतियोगीता गर्ने योजना छ’ ।
यसैगरी गत बैशाख २० गते भएको प्रतिष्ठान कास्कीको साधारण सभामा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विष्णु बाँस्तोलाबाट प्रतिष्ठानको लागि जग्गा उपलब्ध गराइने आश्वासन पाएकोले त्यस्को लागि पहल गर्दै पोखरामा प्रतिष्ठानको भवन निर्माण गर्ने लक्ष्य समेत रहेको उनले सुनाए । २०५७ सालमा प्रतिष्ठान कास्कीको स्थापना भएपनि आफ्नो कार्यकालमा एक लाख ११ हजार १ सय ११ रुपैयाँको कलाकार कल्याणकारी कोषको स्थापना गर्न सकेकोमा उत्साहित बनेका उनी अब कल्याणकारी कोषलाई बढाउने योजनामा छन् । त्यसोत पहिला बचत रकम कतिपनि नभएको शाखामा उनले नेतृत्व सम्हालेको एक वर्षमानै केहि रकम बचत गर्न यो कार्यसमिति सफल भएको हो । कास्की शाखामा २१३ जना सदस्य रहेका छन् । सामाजिक कार्यमा समेत सक्रियता बढाएको कास्कीले प्रतिष्ठान गण्डकी सँगको सहकार्य डस्विन वितरण, देउसीभैलो, महायज्ञमा सहयोग, मेला महोत्सवममा सक्रिय सहभागीता जनाइरहेको छ ।
यतिबेला साँगीतिक क्षेत्रमा आम्दानी मुख्य श्रोत साँगीतिक कार्यक्रमनै भएकोले विगतको कार्यसमितिले झै विभिन्न मेला तथा महोत्सवमा हुने साँगीतिक कार्यक्रममा प्रतिष्ठान कास्कीको सहभागीतालाई बढाउदै त्यस्ता कार्यक्रममा नवोदित कलाकारलाई समेत अवसर दिने योजना प्रतिष्ठान कास्कीको छ । ‘हाल कलाकारको बाँच्ने आधार मेला महोत्सवनै हो’ उनले सुनाए । त्यसोत मेला महोत्सवमा चल्ने कलाकारलाई अलिकति सहज भएपनि अन्य कलाकारको अवस्था दयनिय रहेको उनले दुखेसो पोखे । ‘सबै कलाकारलाई अवसर दिने आफुहरुको चाहना हुदाँहुँदै आयोजकले देखिएका चलेकै कलाकार खोज्ने भएकोले अप्ठ्यारो हुने उनको तर्क छ । ‘सबै कलाकारलाई अवसर दिने चाहना हुदाँहुँदै आयोजकले चलेकै कलाकार खोज्ने भएकोले अप्ठ्यारो छ’ । गीत संगीतको चोरी पाइरेसीले गर्दा विक्रि ठप्प भएकोले यस्ता कार्य निरुत्साहित गर्दै सिडि र भिसिडि किन्न दर्शक श्रोतालाई आग्रह गर्ने खालका कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । हाल सबै कलाकारको आर्थीक अवस्था राम्रो हुन नसकेको भन्दै कलाकारले रोयल्टी पाउने वातावरण निर्माण भएमा अलिकति सहज हुने आशा उनी गर्छन् ।
लोक गीतसंगीतको क्षेत्रमा उनीहरुले पु¥याएको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाले सम्मान गरीसकेका छन् भने कार्यक्रमको शिलशिलामा नेपालका थुप्रै ठाँउमा समेत उनी पुगीसकेका छन् । शारदा संगीतालयमा दुई वर्ष संगीत सिकी आफुमा निखारता प्रदान गरेका उनी नवोदीत प्रतिभालाई कला संस्कृती जोगाउन आग्रह गर्छन् । गीत संगीतलाई मुख्य व्यवसाय बनाउनु भन्दा यस्लाई ‘पार्ट टाइम’ बनाई अगाडी बढ्दा सहज हुने उनको सुझाब छ । पोखरामा दोहोरी साँझ बढी तर दर्शक कम भएको कारण दोहोरी साँझमा काम गर्ने कलाकारलाई समेत अप्ठ्यारो परेको उनले गुनासो गरे । यो क्षेत्रमा अगाडी बढ्न जिवनसंगीनीको राम्रो साथ पाएको बताउने उनको निरन्तर गीत संगीतमानै लाग्ने योजना छ । लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जिवन दाहालको सहयोग र हरिषचन्द्र पौडेलको पेरणामा आफ्नो यात्रा सहज बनेको उनी बताउँछन् । अब छिट्टैनै ‘जल्धारेमा जल’ दोहोरी गीत बजारमा ल्याउन लागेका उनले अब भने नियमित एल्बम दर्शकश्रोता माझ पस्कने वाचा गर्छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .