BREAKING NEWS

Sunday, January 25, 2015

तेह्रौँ आहा ! रारा गोल्डकपका लागी पोखरा टिमका खेलाडी छनौट


पोखरा, ११ माघ
सहारा क्लब पोखराले आयोजना गर्न लागेको तेह्रौँ आहा ! रारा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक टिमले खेलाडी छनौट गरी प्रशिक्षण सुरु गरेको छ ।
छनौट पर्नेहरुमा सागर गुरुङ र भीमसेन दुरा गोलकीपर छन् । यसैगरी भूपाल गुरुङ, मनिष श्रेष्ठ, भीम गुरुङ, सन्तोष गुरुङ, राजकुमार श्रेष्ठ, आशीष केसी, आदर्श शाही, अनिल ओझा, उत्तम गुरुङ, गोविन्द थापा, प्रदीप गुरुङ, विश्व गुरुङ, सुशील तामाङ, अनिल गुरुङ, सिद्धार्थ रञ्जित, राकेश गुरुङ, रञ्जन अधिकारी, ऋदेश गुरुङ, सन्तोष अर्याल, सागर थापा र लोप्सन गुरुङ छनौट गरी प्रशिक्षण सुरु गरेको छ । उनीहरुले अहिले दोबिल्लास्थित सहारा एकेडेमीको खेल मैदानमा प्रशिक्षण गरिरहेका छन् । टिमको प्रशिक्षकमा विष्णु केसी र जय थापा रहेका छन् भने टीम म्यानेजर प्रल्हाद हिराचन रहेका छन् । यसैगरी टेक्निकल डाइरेक्टर शम्भु केसी छन् । टिम तयारीको संयोजकमा क्लबका सल्लाहकार शम्भु कार्की रहेका छन् ।
छनौटमा परेका २३ मध्ये पुनः अन्तिम चरणमा १८ जना छनौट गरी मैदान उतारिने टीम म्यानेजर प्रल्हाद हिराचनले बताए ।अघिल्लो वर्षको उपाधि विजेता आयोजक क्लबको लागि यसपालि पनि उपाधि रक्षाका लागि थप चुनौती छ । टिम म्यानेजर प्रल्हाद हिराचनले साविक विजेता भएकोले आफूहरुलाई चुनौती रहेको बताउँदै स्थानीयलाई प्राथमिकता दिदै आवश्यक परे विदेशी खेलाडीहरु पनि समावेश गराउने जानकारी दिए ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ माघ २० गतेदेखि फागुन २ गतेसम्म पोखरा रंगशालामा राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित तेह्रौँ आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता हुँदैछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .