BREAKING NEWS

Friday, January 9, 2015

चितवन महोत्सव सुरु, नारायणी नदी किनार वेहुली झैं सिंगारियो

चितवन, पौष २५ ।


दसौं चितवन महोत्सव आजदेखि शुरु भएको छ । नारायणी किनार प्रदर्शनी मैदानमा भएको महोत्सवको उर्जामन्त्री राधा ज्ञवालीले एक भव्य समारोहकाबीच उद्घाटन गरिन ।
 महोत्सवका लागी नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाइएको छ । यसपटक प्रदर्शकको चापका कारण स्टल संख्या थपेर ४ सय ९० पु¥याइएको र नयाँ टुर प्याकेज सहितका कार्यक्रम ल्याईएकाले महोत्सव उत्कृष्ट हुने आयोजकको दावी छ । उद्योग बाणिज्य संघ चितवन, जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमा सुचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३०, अन्तर्राष्ट्रियमा १०, होटलमा २० र अटोमा १९ स्टल राखिएको छ । २० करोड बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव माघ ४ गतेसम्म चल्नेछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .