BREAKING NEWS

Tuesday, January 27, 2015

चण्डी मा .वि. भरतपोखरीको स्मारिका विमोचन




बिष्णुहरि पौडेल
लेखनाथ, १३ माघ 
लेखनाथ नगरपालिका वडा नंं. १८ भरतपोखरी वरभोटयानीमा रहेको चण्डी माध्यमिक  विद्यालयको ५२ औं वार्षिकोत्सवका अवसरमा स्वर्णमहोत्सवका गतिविधि समेटेर तयार गरिएको  स्मारिका विमोचन गरिएको छ ।विमोचन समारोहमा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यले उक्त क्षेत्रका राष्ट्रिय कलाकार कृष्ण गन्धर्व र स्व.मञ्जु महतको स्मरण तथा विद्यालय संस्थापकहरुप्रति श्रद्धाभाव व्यक्त गदैँ शैक्षिक सुधारका लागि विद्यालयमा समय समयमा अभिभावकसँग बसेर चिन्तन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
जिल्ला शिक्षा कार्यालयले शैक्षिक सुधारका निम्ति ल्याएका टोल शिक्षा समिति, शिक्षक डायरी, विद्यार्थीको नजरमा शिक्षक नामक फारम, शिक्षक हाजिरीजवाफ तथा हरेक विद्यालयमा सुझाव पेटिका जस्ता योजनाहरु प्रस्तुत गरेका थिए ।
स्मारिका विमोचन समारोहमा वोल्दै स्वतन्त्रपत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्मारिका अभिलेखको रुपमा रहने वताए । त्यस्तै लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारीले लेखनाथमा समाहित भरतपोखरीको हुँडिकोटलाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउन तथा यस क्षेत्रको शैक्षिक उन्नयनमा सहयोग गर्न नगरपालिका तयार रहेको वताए ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य केशरप्रसाद निर्दोषीले चण्डी माविले लेखनाथको विकट मानिने १८ नं वडामा रहेर शैक्षिक गुणस्तर कायम गर्न सक्षम रहेको भन्दै शिक्षाको गुणस्तर कायम राख्न शिक्षामा राजनैतिक वाँडफाँड गर्न नहुनेमा जोड दिए ।
स्मारिकाका सम्पादन मण्डलका संयोजक विष्णुहरि पौडेलले आफूहरुले सक्दो मेहनत गरी तयार गरेको स्मारिकामा सम्पादनका क्रममा लेखकको विचारमा हस्तक्षेप नहुने गरी सम्पादन गरिएको  प्रष्ट पारे । उपसमिति संयोजक रामचन्द्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
लेखनाथ नगरपालिकाका नेपाली कांग्रेसका नगर सभापति राजेन्द्रमणि लामिछानेले निजि र सामुदायिक विद्यालय विचको अन्तर कम गर्नुपर्नेमा जोड दिए भने नेकपा एमाले लेखनाथ नगर अध्यक्ष मोहन गुरुङ्गले प्राकृतिक छटाका बीचमा अवस्थित चण्डी मा.वि.ले गरेको स्मारिका स्मरणीय भएको भन्दै राज्यको शैक्षिक नीति एउटै हुनुपर्ने वताए । एनेकपा माओवादीका पुष्पकमल ढुंगानाले व्यवहारिक र व्यवस्थापकीय ढंगले स्थानिय तहमा जिम्मा लिनुभएका अभिभावकहरुलाई विद्यालयको भौतिक अवस्था थप मजबुत बनाउन पहल गर्न आग्रह गरे । सम्पूर्ण संघ संस्थाको प्रतिनिधित्व गर्दै लेखनाथ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सामुदायिक विद्यालयहरु मर्ज गर्नुपर्ने समस्या आएका वेला चण्डी माविमा भएको संख्या प्रशासनीय रहेको उल्लेख गदैँ स्मारिकाले इतिहास वोकेको वताए  ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतको सभापतित्वमा सम्पन्न समारोहमा प्र.अ खिमवहादुर महतले विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए । एक मात्र जिवित संस्थापक लोक व. लामिछानेलाई सम्मान गरिएको उक्त कार्यक्रममा बालकत्वको प्रस्तुती, सांस्कृतिक कार्यक्रमहरु त्था पुरस्कार वितरण कार्यक्रमहरु रहेका थिए । चन्दादाताहरुको नामावली रहेको शीला अनावरण समेत गरिएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष लामिछानेले गरेका थिए  भने स्वागत शिक्षक कमलप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा पूर्व विद्यार्थी हरिराम पौडेल, शिक्षा प्रेमी तथा अक्षयकोषदाताहरु पिताम्वर पौडेल र सोमनाथ पौडेल, विशिष्ट चन्दादाता कमल पौडेल, सरास्वती टीका बहुमुखी  क्यामपसका प्रमुख डिल्लीराम वराल तथा शान्ति उदय उच्च मावि श्रोतकेन्द्रका प्रअ टेकनारायण गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
कुल २४२ विद्यार्थी रहेको  चण्डी मा.वि. तुलनात्मक रुपमा सामुदायिक मा.वि. हरुमा विद्यार्थी संख्या धेरै रहेको  मा.वि.का रुपमा लिदैं श्रोत व्यक्ति विजयनाथ सापकोटाले त्यस विद्यालयका लागि १६ जना मात्रै शिक्षकले  भार बहन गर्न कठिनाई परेको भन्दै थप दरवन्दी लागि कार्यालयसंग आफूले समन्वय गर्ने वताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .