BREAKING NEWS

Sunday, January 25, 2015

पोखरामा केबलकार निमार्णको बाटो खुल्यो


पोखरा १२ माघ
पोखराको पर्यटकीय स्थल फेवातालदेखि पुम्दीभुम्दीको अनदुडाँडा रहेको शान्ति स्तुपा सम्म केबलकार संचालनको बाटो खुलेको छ । फेवातालदेखि शान्ति स्तुपा सम्म केबलकार निर्माण प्रक्रिया अगाडी बढाउन सरकारलाई सर्वोच्च अदालतले बाटो खोलिदिएपछि केवलकार संचालनको बाटो खुलेको हो । केवलकार निर्माण प्रक्रिया रोक्ने रिट निवेदनलाई आइतबार सर्वोच्च अदालतले खारेज गरिदिएपछि सरकारलाई केवलकार निर्माण गर्न बाटो खुलेको हो ।
पोखराको केवलकार निर्माण प्रक्रिया रोक्नुपर्ने मागसहित दायर रिट निवेदन न्यायाधीशद्धय वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले खारेज गरेको छ । लेकसाइड बसुन्धरा पार्क देखि विश्व शान्ति स्तुपसम्म केवलकार निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले विभिन्न तीन कम्पनीको प्रस्ताव परेको थियो ।
सरकारले केवलकार निर्माणको जिम्मेवारी चितवन कोई ग्रुपलाई दिईसकेको थियो । गु्रपलाई दिए पछि मुदा परे पछि करिब १ वर्ष अवरोध भएको थियो । पोखरामा केवलकार निर्माण गर्ने विषय झण्डै तीन वर्ष अघिदेखि निकै चर्चामा थियो । यद्यपी विभिन्न प्राविधिक कारणले रोकिदैं आएको थियो ।
बसुन्धरा पार्कदेखि विश्व शान्तिस्तुपसम्म केवलकार निर्माण गरिने गु्रपले जनाएको छ । केवलकार एक दशमलव पाँच किलोमिटर दुरीको हुने छ । ‘आवश्यक सर्भे भईसकेको छ ।’ पोखराका लागि प्राविधिक प्रस्तावनासमेत परिसकेको छ । केबल कार निर्माणका लागि फ्रान्सको पोमागालस्की सस कम्पनीले प्राविधिक प्रस्तावना एक वर्ष पहिले नै हालिसकेको थियो ।
पोखरामा केबल करिब साढे एक किलोमिटर लामो रुटको केबल कार निर्माणका लागि एक अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । बाह्रै महिना आन्तरिक तथा बाहृय पर्यटकको भीड लाग्ने पोखरामा नयाँ पर्यटकीय गन्तव्य बन्ने छ । केबलकारबाट पोखराका तालको रमणीय दृश्य, हिमाल र हरिया फाँटहरुको अवलोकनले पर्यटकलाई लोभ्याउने छ । पार्कबाट फेवाताल हेर्दै उचाईमा पुगेर पोखराको प्रत्यक्ष अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ । गुप्रले चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म केबल कार सञ्चालन गरिरहेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .