BREAKING NEWS

Saturday, January 17, 2015

शान्ति उदय उच्च मा.विको वार्षिकोत्सव


लेखनाथ ३, माघ । 
शान्ति उदय उच्च मा.वि.लेनपा १८ बरपाण्डेथुम कास्कीले एक समारोहका बीच ५५ औं वार्षिकोत्सव एवम् ५६ औ अभिभावक दिवस सम्पन्न गरेको छ ।
 कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढै राख्नुपर्नेमा जोडदिदै शान्ति उदय उच्च मा.वि.ले कास्की जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु–र्याएकोमा खुसी व्यक्त गर्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गर्नुपर्ने बताए ।

सेकोरस अफ बेल्जियमका नेपाल च्यापटर अध्यक्ष रामप्रसाद तिमिल्सीनाले सम्पन्न वर्गका अभिभावकहरुबाट सामुदायिक विद्यालयहरु उपेक्षित बन्ने गरेको चर्चा गर्दै  टाठा बाठाका छोरा छोरीलाई सामुदायिक नभै नीजि विद्यालय पठाउने क्रमको तत्काल अन्त्य गर्नु पर्ने वताए ।


नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछानेले शान्ति उदय उच्च मा.वि.ले लामो समयदेखि कास्कीको शैक्षिक विकासमा पु¥याएको योगदान अविष्मरणीय भएको बताए ।विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै वर्तमान अवस्थामा आइपुगेको चर्चा गर्दै उहाँले यस अवस्थासम्म ल्याइपु¥याउन योगदान गर्ने सम्पूर्ण अभिभावक तथा शिक्षासेवीको योगदान प्रशंसनीय भएको बताए । नेकपा एमाले लेखनाथ नगर कमिटिका अध्यक्ष मोहन गुरुङ्गले विद्यालयले शैक्षिक गुणस्तरीयता कायम गर्दै आफूलाई उच्च स्तरको शैक्षिक संस्थाका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् शिक्षक अभिभावक संघका अध्यक्ष गुरुप्रसाद पौडेलले उच्च मा.वि.को ऐतिहासिक गरिमा र उच्चतालाई कायम गराउन यस क्षेत्रका अभिभावक एवम् शिक्षासेवीको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिएको वताए । विद्यार्थी संख्याको घट्दो क्रम अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दैँ  यो क्रम लाई तत्काल अन्त्य गर्नका लागि सबैको सकारात्मक चिन्तन एवम् सहयोग अपरिहार्य हुनेमा जोड दिएका पूर्व विद्यार्थी बिष्णुहरि पौडेलले जानकारी दिए  । उच्च मा.वि.का प्राचार्य टेकनारायण गिरीले विद्यालयको २०७०÷७१ को आय व्यय एवम् भावी कार्य योजना प्रस्तुत गरेका थिए े ।
विद्यालयका शिक्षक वेदनाथ आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक पवित्रमणि पौडेल, समाजसेवी रामप्रसाद अधिकारी, स्रोत व्यक्ति विजयनाथ सापकोटा, विद्यालयका पूर्व प्रधानाध्यापक एवम् अध्यक्ष कमलप्रसाद आचार्य, पूर्व गा.वि.स. अध्यक्ष यज्ञप्रसाद अधिकारी, रामचन्द्र पौडेल(बरेली काँइला), शिवराज आचार्य, सिन्को टेक्ना तथा होल्डिङ्ग नेपालका कन्ट्रि डाइरेक्टर डा.धु्रव भट्ट, पत्रकार रामजी लम्साल, सरस्वती टिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डिल्लीराम बराल लगायतले उच्च मा.वि.को समुज्वल शैक्षिक भविष्यको कामना गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .