BREAKING NEWS

Thursday, January 15, 2015

सिटी डेभलपमेण्ट बैंकको नाफा ८ करोड ६०


माघ १, पोखरा
सिटी डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षको पौष मसान्त सम्ममा रु ४ अर्ब ३३ करोड निक्षेप संकलन तथा रु ३ अर्ब ६४ करोड कर्जा लगानी र रु. ८ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन  गर्न सफल भएको छ । 
(अपरिष्कृत वित्तिय विवरण) स्थापना कालदेखि नै आफ्ना ग्राहक प्रतिको सेवामा समर्पित हुदै बिभिन्न बैंकिङ कार्यहरु गर्दै आइरहेको यस बैंकले प्रधान कार्यालय चिप्लेढुङ्गा, ट्याक्सीचोक बगर, अमरसिंहचोक पोखरा, मिलनचोक हेमजा, भिमाद बजार तनहुँ, भोटेओडार लमजुङ, दमौली तनहुँ, नागडाँडा कास्की, तुरतुरे तनहुँको साथै नेपालको दुर्गम जिल्ला मानिने मनाङको चामेबजार, लेखनाथको शिशुवा, चितबनको नारायणगढ् र बाग्लुङको महेन्द्रपथ गरी जम्मा १३ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको र बाग्लुङको कुश्मीसेरा, कास्कीको लामाचौर, नारायणगढको मालपोतचोक र तनहुँको बन्दीपुर शाखा सिघ्र सञ्चालन गर्न लागेको  जनाएको छ ।  
बैंकको आठौं साधारणसभाबाट पारित २२ प्रतिशत शेयर लाभांश वितरण पश्चात बैंकको चुक्ता पुँजी रु ४६ करोड ८१ लाख ६० हजार हुने प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।
बैंकको सफलताको आठौं बर्ष पार गरी बैंकलाई यस अवस्थामा आईपुग्न सहयोग गर्नुहुने सम्पुर्ण ग्राहक तथा शुभचिन्तकहरुमा बैंक परिवार हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .