BREAKING NEWS

Tuesday, January 13, 2015

लेखनाथमा उच्च रत्तचाप सम्बन्धी एक दिने सचेतना


लेखनाथ २९पुस
वेस्ट हेल्थ नेपालको आयोजना र रुपा फार्मेसी लेखनाथको प्राबिधिक सहयोग एबंम स्थानीय सामाजीक संघ सस्थाको सहकार्यमा लेखनाथ नगरपालीकाको बडा नं १४मा मंगलबार एक दिने उच्च रक्तचाप सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै लेखनाथ नगरपालीका सामुदायीक साखाका प्रमुख मीना भण्डारीले रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनका लागि स्वास्थ्यका सम्बन्धमा पुर्ब होसीयारी अपनाउनु पर्नेमा जोड दिदै रोग लागी सकेपछि उपचार गर्दा एक रोगको उपचार गर्दा आर्को रोग निस्कने भएकाले निरोगी भएर बाच्नका लागि आहार विहारमा होशीयारी अपनाउनु नै बास्थबीक रुपको उपचार हुने विचार राखेकी थिईन।
साझा सास्कृतीक समाज लेखनाथ १४का अध्यक्ष शिबराज ढुगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा बेस्ट हेल्थ नेपालका अध्यक्ष प्रदिप ओझा र रुपा फार्मेसीका संचालक विजय काफलले उच्च रक्तचापबाट बच्ने उपाय,लक्ष्यण र रोग लागि सकेपछि अपनाउनु पर्ने होशीयारीका बारेमा जानकारी गराएका थिए।
स्वस्थ जिबनका लागि सामाजीक सचेतना कार्यक्रम अन्तरग राखिएको यस प्रकारको कार्यक्रमलाई आगामी दिनमा लेखनाथका अन्य क्षेत्रमा पनि लगिने सस्थाका अध्यक्ष प्रदिप ओझाले जानकारी दिएका छन्। यसै विच रुपा फार्मेसीले सामाजीक उत्तरदाईत्बलाई आत्मसाथ गर्दै केहि समयका लागि मधुमेहको निःशुल्क ल्याब परिक्षण गर्ने व्यवस्था मिलाएका फार्मेसीका संचालक विजय काफलले जानकारी दिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .