BREAKING NEWS

Sunday, January 11, 2015

बन्दको प्रभाव लेखनाथमा पनि

लेखनाथको तालचोकमा रोकेर राखिएका ८ वटा ट्रकहरू

लेखनाथको अर्घौंमा गरिएको कोण सभा
लेखनाथ,२७ पौष ।
एनेकपा माओवादी सहितका ३० दलिय मोर्चाको आहृानमा आइतबार आयोजित तमुवान बन्दको प्रभाव लेखनाथमा पनि परेको छ । आइतबार बिहान लेखनाथको तालचोकमा पोखरा आउदै गरेका केही ट्रकहरु साझँ ५ बजे बन्द खुलेपछी गन्तव्य पोखरातिर प्रस्तान गरेका छन् । लेखनाथको पावर हाउस तथा अघौँचोकमा कोणसभाहरु समेत भएका थिए । अघौँचोकमा आयोजित कोणसभालाई एनेकपा माओवादीका केन्द्रिय सल्लाहकार कोमलनाथ बराल, संघिय समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष मनबहादुर गुरुङ्ग, एनेकपा माओवादीकी जिल्ला सदस्य निर्मला सुवेदी लगाएतले सम्वोधन गरेका थिए भने छवि लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए । आइतबार लेखनाथमा सरकारी कार्यलयहरु नगरपालिका, विद्युत तथा टेलिकमका शाखा कार्यालयहरु खुलेपनि सेवाग्राहीको उपस्थिती न्यून थियो भने बैक तथा वित्तिय संस्थाहरु शिक्षण संस्थाहरु ठप्प थिए । बन्दका अवसरमा एम्वुलेन्स, प्रेस ,पर्यटक तथा दूधका गाडीहरु निर्वाध रुपमा चलेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .