BREAKING NEWS

Saturday, January 10, 2015

लेखनाथ सामुदायिक लायन्स अस्पतालको ११औ साधारण सभा सम्पन्न सरकार ७०प्रकारका औषधीहरु निःशुल्क वितरणको तयारीमा छ : मन्त्री अधिकारी


लेखनाथ सामुदायिक लायन्स अस्पतालको शनिबार११औ साधारण सभाको उद्घाटन समारोहमा वोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी
तस्विरः विष्णुहरी पौडेल गोल्डेन न्युज
विष्णुहरी पौडेल
लेखनाथ, २६पुस २०७१
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सरकार ७०प्रकारका औषधीहरु निः शुल्क वितरणको तयारीमा रहेको कुरा बताएका छन्। लेखनाथ सामुदायिक लायन्स अस्पतालको शनिबार११औ साधारण सभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले दुर्गम देखि सुगम सम्मका क्षेत्रका जनताको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले बिभिन्न ७०प्रकारका औषधीहरु निःशुल्क वितरण गर्ने तयारीमा लागेको बताएका हुन् ।
आर्थिक अबस्था कमजोर भएका जनताले अकालमा मृत्यु बरण गर्न नपरोस भनी सरकारले औषधी र शै्यामा १०प्रतिशत छुट दिने नीतिलाई अवलम्बन गरेको धारणा राखेका हुन्।
दुर्गमको ओम रारा हस्पिटल देखि सुगम क्षेत्रमा रहेका सामुदायिक अस्पतालको विकासका लाागि सरकारले एक जना डाक्टरको दरबन्दी दिने तयारीमा सरकार लागेको विचार राख्दै मन्त्री अधिकारीले जनसहभागीताबाट संचालित अस्पतालको स्तरोन्नतिका लागि ब्यबस्थापन पक्ष कमजोर हुन नहुनेमा जोड दिएका थिए।
साथै उनले आफनो क्षेत्रमा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको भौतिक तथा प्राविधिक सेवामा सरकारको तर्फबाट उपलब्ध गराईएको १४लाख रुपैयाँको सहि सदुपयोग गरी अस्पताललाई निःशुल्क रुपमा प्रशुती सेवा दिने अस्पतालको रुपमा विकास गराउनु पर्ने सुझाब दिएका थिए।
सोही अवसरमा सभासद् यज्ञबहादुर थापाले २७दिनमा कार्यतालिका बनाई माघ ८मै संविधान  घोषणा गर्ने सहमती भएको उल्लेख गर्दै यस पटक पनि संबिधान नबने पार्टीहरु जनताका विच जाने हैसियत नरहने विचार राख्दै प्रक्रियाबाट भए पनि तोकिएकै समयमा संविधान आउने नभए मस्यौदा सम्म भने पनि आउने विश्बास ब्यक्त गरेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गिरीले सामुदायिक अस्पतामा विरामी नआउनुको कारण बारे सचेत बन्नु पर्ने धारणा राखेका थिए। लेखनाथ सामुदायिक लायन्स अस्पतालका अध्यक्ष गोविन्द प्रसाद कर्माचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डाक्टर कालु शर्मा,जिल्ला जनश्बास्थ्य कार्यालय कास्कीका प्रमुख बालकृष्ण भुषाल,नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट,लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारी,लायन्स क्लबका गभर्नल भुगोल शेरचन लगाएतका बक्ताहरुले आस्पतलको विकासका लागि स्थानीय तहबाट नै एक जुट हुनु पर्ने सुझाब राखेका थिए।
प्रस्तुत गरेका थिए।  लेखनाथ सामुदायिक लायन्स अस्पतालका सचिब मेजर रामप्रसाद गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यबाद ज्ञापन उपाध्यक्ष महेश्वर पाण्डेले गरेका थिए भने कोषाध्यक्ष आनन्द बरालले आर्थिक प्रतिबेदन पेश गरेका

फोटो क्याप्सन
लेखनाथ सामुदायिक लायन्स अस्पतालको शनिबार११औ साधारण सभाको उद्घाटन समारोहमा वोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी
तस्विरः विष्णुहरी पौडेल गोल्डेन न्युज

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .