BREAKING NEWS

Sunday, August 5, 2012

पोखरामा नयां लायन्स क्लव गठन



पोखरा, २१ साउन

मानविय सेवा नै सर्वोत्कृष्ट सेवा हो साथै हामी सेवा गर्छौ भन्ने पवित्र उदेश्य राखि स्थापित लायन्स क्लव ईन्टरनेशनल नेपाल अन्तरगत ३२५ वि १ मा नया लायन्स क्लव गठन गरिएको छ ।

पोखरा क्षेत्रमा क्रियाशिल संचारकर्मी, ईन्जीजियर, वैंकर , व्यापार व्यवसाय तथा विभिन्न संघ सस्थामा आवद्ध युवाहरुले सन्चार कर्मी एवं युवा व्यवसायी लायन सुदिपराज ढुङानाको अध्यक्षतामा लायन्स क्लव अफ पोखरा पिस सिटीको गठन गरिएको छ ।

लायन्स क्लव अफ पोखरा पिस चौतारीले प्रायोजन गरेको उक्त क्लवको पदस्थापन कार्यक्रमको अवशर पारेर लायन्स क्लव ईन्टरनेशनल नेपाल ३२५ वि १ का डिस्ट्रीक गभर्नर लायन दिपक श्रेष्ठले उक्त क्लवको औपचारिक शुरुवात गरिएको घोषणा गरेका थिए ।

नवगठित क्लवको प्रथम उपाध्यक्ष लायन प्रशान्तराज धमला, द्धितीय उपाध्यक्ष लायन खेम काफ्ले, सचिव लायन वद्रीनाथ पौडेल, कोषाध्यक्ष लायन हरीप्रसाद अधिकारी, मोम्वरसिप चेयर पर्सन लायन जीवन ढुङाना, पिआरओ टेमर लायन जयेश्वश्वर पूरी, टेल टुईष्टर लायन टंकराज अधिकारी, संचार निर्देशक लायन उत्तम पण्डित, निर्देशकहरुमा लायन उदयराज ढुङाना, लायन दिपेन्द्र चालिसे, र सदस्यहरमा लायन वलराम केसी, लायन शैलेश रायमाझी, लायन दिवश कुवर, लायन विनय पहारी, लायन नारायण तिवारी, लायन जनकप्रसाद वेलवासे, लायन पुष्प दवाडी, राजेन्द्र भण्डारी, लायन रामप्रसाद अधिकारी, लायन महेन्द्र पण्डित, लायन प्रमिश वराल, लायन कृष्णप्रसाद आचार्य, लायन छवीलाल कुवर, लायन ढाकामोहन अधिकारी, लायन सुर्यवहादुर विष्ट, लायन किशोर मोहन भट्टराई, लायन पुरेन्द्र गिरी रहनुभएको छ ।

सो अवसरमा गभर्नर श्रेष्ठले विभिन्न क्षेत्र र पेशामा रहेका युवा व्यक्तित्वहरु सम्मिलित यो क्लवले लायनवादको क्षेत्रमा नया आयम थप्नुका साथै सामाजिक क्षेत्रमाआफ्नो छुट्टै पहिचान सफलहुने धारणा राख्नु भएको थियो ।

क्लवका अध्यक्ष ढुङानाले लायन्सवादका उदेश्यहरुलाई शिरोपर गरि सामाजिक क्षेत्रमा युवाहरुलाई समेटदै अगाडि वढने प्रतिवद्धता जायर गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .