BREAKING NEWS

Saturday, August 18, 2012

लेखनाथ उद्योग वाणिज्य संघ विज्ञप्ती


लेखनाथ उद्योग वाणिज्य संघ
विज्ञप्ती
२०६९-५-२

विगत लामो समय देखि प्रस्तावित रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य संचालन गर्ने क्रममा चिन सरकारको विशेष सहयोगमा पछिल्लो समयमा भएको सम्झौताबाट यस क्षेत्रका उद्योगी, व्यवसायी तथा आमनागरिकहरु अत्यन्त उत्साही भैरहेको वेला, हाल केहि दिन यता उक्त निर्माण कार्यमा केहि समस्याको संकेत देखिएको कारण उक्त विमानस्थल निर्माण कार्य यथासिघ्र शुरु गर्नका लागि लेखनाथ उद्योग वाणिज्य संघ सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछ ।
साथै क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समिति पोखराको आयोजनामा मिति २०६९ भाद्र ३ गते आईतवार पोखरामा हुनगईरहेको दवाव र्याली तथा जनप्रदर्शन कार्यक्रममा भाग लिनका लागि लेखनाथ नगरपालिकामा अवस्थित विभिन्न संघ संस्था, पेशा, व्यवसायी, उद्योगी, नागरिक समाज, लेखनाथ बासी सम्पूर्णलाई विहान ठिक १०ः३० वजे पृथ्वीचोकमा भेला हुनका लागि लेखनाथ उद्योग वाणिज्य संघ हार्दिक अनुरोध गर्दछ ।

सुमन भट्टराई
अध्यक्ष
लेखनाथ उद्योग वाणिज्य संघ

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .