BREAKING NEWS

Thursday, July 12, 2012

वर्षकै उत्कृष्ट



धेरैलाई थाहा नहुन सक्छ, विश्वमा खेल पत्रकारले खेलाडीलाई अवार्ड दिने काम कमै गर्छन्। नेपालमा भने पछिल्लो एक दशकदेखि खेल पत्रकारले खेलाडीलाई सम्मानित गर्दै आएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले २०५३ सालदेखि अवार्ड दिन थाले पनि ०६१ सालदेखि मात्रै यो निरन्तर छ। त्यसैले होला, चार वर्षअघि काठमाडौँ आएका अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ -एआईपीएस)का अध्यक्ष जियानी मेर्लो अवार्ड वितरण समारोहमा सहभागी हुँदा अचम्मित भएका थिए। अनि, उनले खेल पत्रकारले संसारभर यस्तो आयोजना गर्न सके राम्रो हुने धारणा पनि राखेका थिए।

खेलकुद र खेलाडीका बारेमा कलम चलाउनेले प्रदान गर्ने सम्मान भएकाले होला, अवार्ड पाइसकेका, भर्खर पाएका र पाउन चाहने सबैले यसलाई सकारात्मक रूपमा लिएको देखिन्छ। खेलकुद पत्रकार मञ्चले यस वर्ष पनि विभिन्न आठ विधामा २० असारमा खेलाडीलाई सम्मानित गर्‍यो। अझ, वर्षका उत्कृष्ट पुरुष, महिला र लोकपि्रय खेलाडीलाई बजाज पल्सर मोटरसाइकल पनि प्रदान गर्‍यो। 'बजाज पल्सर स्पोटर््स अवार्ड- ०६८' खेलाडीको अघिल्लो वर्षभरकिो प्रदर्शनलाई आधार बनाएर प्रदान गरएिको थियो भने एसएमएस भोटिङ्का आधारमा लोकपि्रयको चयन भएको थियो।

नेपाली खेलकुदमा पछिल्लो समय प्रायोजन र आम्दानीका कारण चर्चामा आएका गल्फका शिवराम श्रेष्ठले यसपल्ट बाजी मारे। उनी अन्य चार प्रतिस्पर्धी खेलाडीलाई पछि पार्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न पुगे। यसअघि उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाका पाँच-पाँच खेलाडी मनोनीत गरएिका थिए।

नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम यसअघि दुईपल्ट मनोनयनमा परे पनि उपाधिको हकदार बन्न सकेका थिएनन्। शिवरामले क्रिकेटका पारस खड्का, पौडीका शैलेश राणा, एथलेटिक्सका तिलकराम थारू र घोडचढीका ध्रुवप्रसाद अर्याललाई पछि पारेका थिए।

पहिलोपल्ट ०५३ सालमा फुटबलका देवनारायण चौधरीले पाएको यो सम्मान एथलेटिक्सका कीर्तिमानी राजेन्द्र भण्डारी र तेक्वान्दो स्टार दीपक विष्टले दुई-दुईपल्ट पाइसकेका छन् भने क्रिकेटका विनोद दास र पारस खड्का, फुटबलका जुमानु राई तथा बक्सिङ्का दीपक महर्जनले पनि आफूलाई अब्बल साबित गरसिकेका छन्।

आफ्ना सबै सहभागितामा स्वर्ण जित्दै आएकी भरोत्तोलनकी तारादेवी पुनः उत्कृष्ट बन्न पुगिन्। नेपालकी बलिई महिला उनले छैटौँ राष्ट्रिय खेलकुदमा ६९ किलोमा दुई राष्ट्रिय कीर्तिमान रच्दै स्वर्ण जितेकी थिइन् भने म्याग्दीकी उनले नेपालगन्जमा सम्पन्न प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा पनि आफ्नो तौल समूहमा पहिलो स्थान हासिल गरेकी थिइन्। उनले खुला ग्राँ पि्रमा पनि सफलता हात पारेकी थिइन्।

तेक्वान्दोकी संगीना वैद्य दुईपल्ट अवार्ड पाउने महिला खेलाडी हुन्। ब्याडमिन्टनकी पूजा र सुमिना श्रेष्ठ, एथलेटिक्सकी निर्मला भारती, तेक्वान्दोकी मनिता शाही, क्रिकेटकी नेरी थापा, पौडीकी करश्िमा मानन्धर, कराँतेकी गंगा अधिकारी र फुटबलकी जमुना गुरुङले पनि यसअघि आफूलाई उत्कृष्ट प्रमाणित गरसिकेका छन्।

यस वर्ष महिला र पुरुषका खेलाडी मात्र सम्मानित भएनन्, युवा खेलाडी र प्रशिक्षकले पनि आफू राम्रो भएको प्रमाणित गरे। यू-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान पृथु बाँस्कोटा उत्कृष्ट युवा खेलाडी चुनिए। आयरल्यान्डमा सम्पन्न यू-१९ वल्र्ड कप छनोटमा आफ्नो नेतृत्वमा नेपाललाई उपविजेता बनाउँदै उनले विश्वकपमा टिमको स्थान पक्का गरेका थिए। उनै पृथुको नेतृत्वमा रहेको टिमलाई विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका खेलेका प्रशिक्षक जगत टमाटाले अवार्ड आफ्नो पोल्टामा पारे।

त्यस अवसरमा गत वर्ष एथेन्समा भएको स्पेसल ओलम्पिकमा सटपुटतर्फ नेपाललाई स्वर्ण दिलाएकी शर्मिला लामिछानेले पारा एथलिट अवार्ड हात पारनि्। अपांगता हुँदाहँुदै नेपाललाई दिलाएको सफलताका लागि उनी सम्मानित बनेकी हुन्। अवार्डले नयाँ मात्र होइन, पुराना पुस्तालाई पनि त्यसैगरी सम्झेको थियो। ५४ वर्षअघि जापानको टोकियोमा भएको एसियाली खेलकुदमा खाली खुट्टा म्याराथन दौडेका पहिलो ओलम्पियन भूपेन्द्र सिलवाल लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।

व्यवसायका साथसाथै खेलकुद विकासमा पनि उत्तिकै योगदान दिएका रतनकुमार टण्डनलाई नेपाल खेलकुद पत्रकार मञ्चले स्पेसल अवार्ड प्रदान गरेको छ। नेपाल भारोत्तोलन संघका अध्यक्ष रहेका उनले चार महिनाअघि निजी रूपमा ३० लाख रुपियाँ खर्च गरेर गृहनगर नेपालगन्जमा पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता आयोजना गरेका थिए। टण्डनले आफूले पाएको नगद ३० हजार रुपियाँ र त्यसमा केही रकम थप गरेर खेलकुद पत्रकार मञ्च, नेपालगन्ज शाखाले स्थापना गरेको ओलम्पियन सुरेन्द्र हमाल खेलाडी कल्याणकारी कोषलाई प्रदान गर्ने घोषणासमेत गरे। "४० वर्षे खेलकुद जीवनमा पाएको यो नै ठूलो सम्मान हो। यसलाई मैले नागरकि सम्मानका रूपमा लिएको छु," उनले भने।

टेलिफोन र मोबाइलबाट प्राप्त मतका आधारमा छानिने लोकपि्रय विधामा वर्चस्व रहँदै आएको छ, भलिबलको। अघिल्लो वर्ष पोखरेली भलिबल स्टार सिपोरा गुरुङ लोकपि्रय बनेकी थिइन्। यस वर्ष पनि भलिबलकै उदीयमान खेलाडी रमिला तण्डुकार सर्वाधिक लोकपि्रयकी रूपमा चिनिन पुगिन्। सर्वाधिक ४४ हजार २ सय ४५ मत हात पार्दै उनी लोकपि्रय बनेकी हुन्। उनले फुटबलका भरत खवास, क्रिकेटर शक्ति गौचन, एथलेटिक्सकी सविता चौधरी र टेनिसकी अश्लेषा लिसानेविचलाई पछि पार्दै अवार्ड जितेकी हुन्। एसएमएस भोटिङ्का आधारमा छानिने लोकपि्रय विधामा यसअघि भलिबलकी सिपोराबाहेक मञ्जु गुरुङ, फुटबलका सन्तोष साहुखल र जुमानु राईले पुरस्कार हात पारेका थिए।
from ekantipur

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .