BREAKING NEWS

Thursday, July 12, 2012

जेलमा हनिमुन


दुई वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्दा कम्ती उत्साह र उमंग थिएन, यस भारतीय जोडीलाई। सामाजिक बन्धन र पारिवारिक अवरोधलाई छिचोल्दै विवाह गरेका थिए, यिनीहरूले। त्यो साहसिक निर्णयभित्रको आनन्द बेग्लै थियो। आफैँले लामो समयदेखि मन पराएकी युवतीसँग विवाह बन्धनमा बाँधिएका थिए, पवन जाट, २५। त्यसैगरी, सानै उमेरमा एकल महिला बन्नुपरेको पीडालाई बिर्सने अठोटका साथ विवाह गर्न कस्सिएकी थिइन्, सुमन जाट, २४। भारत, हरयिाणा राज्य अन्तर्गत कपुरथला जिल्ला रजौना थानाको यो जोडी आफ्नो परविार र समाजले तत्काल तीखो प्रतिक्रिया जनाउन सक्ने भएकाले केही समय नेपालमा बिताउने र यतै हनिमुन मनाउने योजनामा थियो। तर, विवाहपछिको खुसी धेरैबेर रहेन। किनभने, नक्कली नोटको कारोबार गरेको अभियोगमा वीरगन्ज कारागारमा दिन बिताइरहेका छन्, यी श्रीमान्-श्रीमती।

१९ पुस ०६८ मा बिहारको मोतीहारी अदालतमा 'कोर्ट म्यारजि' गरेका जाट दम्पती सोही दिन वीरगन्ज आएका थिए। त्यसको भोलिपल्टै उनीहरू वीरगन्ज बसपार्कस्थित कृष्णा लजको १०६ नम्बर कोठाबाट ४४ हजार ५ सय नक्कली भारुसहित नेपाल प्रहरीको नियन्त्रणमा परे। छ महिनादेखि पवन र सुमन बेग्लाबेग्ला बन्दीगृहमा थुनुवा जीवन बिताइरहेका छन्। नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले खोटा चलन मुद्दा अन्तर्गत जाट दम्पतीलाई बिगोबराबरकै जरविाना र कैद सजाय गर्नुपर्ने मागसहित १५ माघ ०६८ मा जिल्ला अदालत पर्सामा अभियोगपत्र दर्ता गरेको छ। अदालतमा पनि प्रमाण बुझ्ने काम सकिएर मुद्दा अन्तिम निर्णयका लागि इजलासमा पेस भएको छ।

रोचक पक्ष के भने जाट दम्पतीले न आफ्नो प्रतिरक्षाका लागि निजी कानुन व्यवसायी राख्न सकेका छन्, न कतैबाट कानुनी सहायता पाएका छन्। प्रतिवादीको पक्षबाट वकालत हुन नसकेकाले मुद्दा फैसलामा ढिलाइ भएको अदालतका श्रेस्तेदार रमेश यादव बताउँछन्। दोषी देखिए दुवैलाई बढीमा पाँच वर्ष कैद र बिगोबमोजिम जरविानाको फैसला हुन सक्ने कानुनमा उल्लेख छ। विदेशमा चिनजानको कोही नभएकाले वकिलसमेत राख्न नसकिएको अभियुक्तहरूको भनाइ छ। अझ उनीहरू थुनामा कसरी पर्न गए भन्ने तथ्य खोतल्दै जाने हो भने थप रोचक तथ्य फेला पर्छन्। जति दिन बित्दै छन्, उति नै प्रहरीको अनुसन्धान फितलो रहेको रहस्य खुल्दै जान थालेको छ। विवाह गरेको भोलिपल्ट पक्राउ परेको यो जोडी निर्दोष रहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ। प्रहरीको फितलो अनुसन्धानका कारण उक्त दम्पतीले दुःख पाएको ती अधिकृतको दाबी छ। उनी भन्छन्, "पछि अनुसन्धान गर्दै जाँदा सही कुरो आयो। त्यतिखेर प्रतिवेदन अदालतमा पेस भइसकेको थियो।"

पवन भारतको हरयिाणामा आफ्नै ट्याक्सी चलाउँथे। सुमन उनकै टोलमा बस्थिन्। पाँच वर्षअघि अघिल्ला श्रीमान्को मोटर दुर्घटनामा मृत्यु भएपछि सुमन माइतीमा बस्दै आएकी थिइन्। दिनदिनैको देखभेटका कारण उनीहरूबीच एक-अर्कामा मन बस्यो। "पवनको परविारले विधवालाई बुहारीका रूपमा भित्र्याउन नमानेपछि हामीले भाग्ने सल्लाह गर्‍यौँ," महिला गृहमा रहेकी सुमन भन्छिन्।

०६८ कात्तिकमा पवनलाई हरयिाणा प्रहरीले पक्रेको थियो। हरयिाणामा भएको एक अपहरण मुद्दामा उनको ट्याक्सी प्रयोग भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। अपहरतिले गाडी नम्बर त्यही भए पनि गाडीको आकार र रंग फरक भएको र चालक पनि अर्कै रहेको बयान दिएपछि उनी थुनामुक्त भए। एकदिनको थुना बसाइमा पवनको परचिय बिहार मोतीहारी चाँदकी पुल निवासी सकिल आलमसित भयो। दिल्ली रेल्वे स्टेसननजिक रहेको तेल मिल गल्लीस्थित झोला र ज्याकेट सिउने कारखानामा काम गर्ने सकिल लेनदेन मुद्दामा थुनिएका थिए। त्यही चिनजानका कारण अहिले पवन पुनः थुनामा परेका छन्, त्यो पनि श्रीमतीसहित।

खासमा प्रेमिकालाई घरमा भित्र्याउन परविारले आनाकानी गरेपछि उनीहरू भागेर दिल्ली पुगे। भोलिपल्ट घुमघामका क्रममा थुनामा चिनजान भएका सकिलसँग पवनको जम्काभेट भयो। सकिललाई पवनले आफू प्रेमिकालाई लिएर घरबाट भागेको र विवाहपछि नेपाल घुम्न जाने उद्देश्य बताए। सकिलले दिल्लीमा 'कोर्ट म्यारजि' गर्दा महँगो शुल्क लाग्ने हुनाले बिहारको मोतीहारी जान सल्लाह दिए। आफूले मोतीहारीमा वकिल पनि चिनेकाले सजिलो हुने उनको भनाइ थियो। मोतीहारीबाट नेपाल नजिक पनि पर्ने हुनाले उनीहरू त्यसमा राजी भए। सुरुमा परविारले केटीलाई भित्र्याउन नमाने पनि विवाहपछि मान्नेमा उनीहरूको विश्वास थियो। "नेपालको पहाड, हरयिाली र सुन्दरताबारे धेरै सुनेको थिएँ," पवन भन्छन्, "त्यसैले नेपालमै हनिमुन मनाउनुपर्ला भनेर श्रीमती लिएर आएँ। यहाँ त नसोचिएको भयो।"

साथी सकिलसहित जाट दम्पती दिल्लीबाट मोतीहारीतर्फ लागे। मोतीहारीमा उनीहरूलाई एक होटलमा राखी सकिल आफ्नो घर गए। उनैले चिनेका कानुन व्यवसायीलाई १० हजार भारतीय रुपियाँ दिएर मोतीहारी अदालतमा विवाह गरयिो। नेपालमा घुम्नका लागि पवनले एचएफडीसी बैंकको एटीएमबाट मोतीहारीमै ४६ हजार भारतीय रुपियाँ निकाले। त्यहाँबाट रक्सौल हुँदै दिउँसो ३ बजेतिर वीरगन्ज आइपुगे। "काठमाडौँ जाने रात्रिबस ८ बजे मात्र पाउने भएकाले सकिलले हामीलाई बसपार्कको कृष्णा लजमा कोठा बुक गराइदियो," पवन भन्छन्, "नेपालमा पाँच सयका भारतीय नोट प्रतिबन्धित रहेका भन्दै सकिलले एटीएमबाट झिकेको रकम साट्नुपर्ने भन्यो।"

पवनका अनुसार सकिल आफूसँगै रहेको प्लास्टिकको झोला तकियामुनि राखेर भारु सटही गर्न निस्के। जाट दम्पती पनि कोठामै सरसामान छाडी रोटी खान निस्किए। फर्किंदा त प्रहरी टोलीले पिछा गररिहेको रहेछ। "प्रहरीले सीधै तकिया पल्टाएर प्लास्टिकको झोला निकाल्यो," पवन सम्झन्छन्, "झोलामा त भारु ५० का ८ सय ९० थान नोट रहेछन्।" ती नोट नक्कली भएको भन्दै प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्‍यायो। त्यसयता उनीहरू थुनामै छन्।

जाट दम्पतीलाई पक्राउ गर्ने बसपार्क प्रहरी चौकीका प्रमुख सई सुरेन्द्र यादवका अनुसार साँझको समयमा चोकमै चेकजाँच गररिहेको अवस्थामा भारतीय नम्बरको मोटरसाइकलमा सवार व्यक्ति आफूनजिक आई नक्कली नोटको कारोबारीबारे सुराक दिएको बताउँछन्। "सवारी साधन चेकजाँच गर्दै थियौँ," सई यादव भन्छन्, "ती व्यक्ति नजिकै आएर मोटरसाइकल रोके। मैले लाइसेन्स र ब्लुबुक मागेपछि आफूलाई सकिल भन्ने उसले सुराक दिन आएको बतायो। र, उसले दिएको जानकारी अनुसार होटलबाट भारु बरामद भएको हो।" नक्कली नोट बरामद भएपछि प्रहरीले त्यहीँ बरामदी मुचुल्का तयार गर्‍यो। प्रारम्भिक अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्‍यो। त्यही आधारमा उनीहरूलाई मुद्दा चलाइयो र अदालतले पुर्पक्षका लागि थुनामा पठाइदियो। "अब अहिले आएर प्रतिवेदनको बेहोरा परविर्तन गर्न पनि अप्ठ्यारो छ," अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, "प्रहरी नै अपराधीसँग मिल्यो भन्ने सन्देश जान सक्छ। प्रहरीले सत्य कुरा अदालतमा पेस नगर्ने हो भने निर्दोष व्यक्तिले थप दुःख पाउने स्थिति छ।"

पवन र सुमनले सरकारी वकिलसमक्ष दिएको बयानमा कुनै भिन्नता छैन। होटलमा उनीहरूलाई राख्ने व्यक्ति र सईलाई सुराकी दिनेको नामसमेत मिलेको पाइएको छ। मोतीहारी एटीएमबाट झिकेको पैसाको रेकर्ड र विवाह गरेको प्रमाणपत्र पनि नवजोडीले प्रमाणका रूपमा पेस गरेका छन्। यहाँ कसैलाई नचिनेकाले आफ्ना तर्फबाट वकालत गर्ने कोही नभएको दुःखेसो पवनको छ। उनी कैद रहेकै अवस्थामा उनका बुबा रामस्वरूप जाटको गत फागुनमा घरमै मृत्यु भएको छ भने दुई महिनापहिले कारागारमै भेट्न आएका उनका दाइले पनि फर्किने बेलामा हृदयाघात भएर रेलमै देहत्याग गरे। आँसु झार्दै पवन भन्छन्, "घरमा बूढी आमा एक्लै छिन्। हामी यस्तो फन्दामा पर्‍यौँ।"

अधिवक्ता रामेश्वर सेढाईं प्रहरीको अनुसन्धान प्रणालीमा रहेको गम्भीर त्रुटि र संवेदनहीनताका कारण यस्ता कैयन् व्यक्ति निर्दोष अवस्थामा पनि थुनामा रहनुपर्ने बाध्यता रहेको बताउँछन्। "यसबाट अनुसन्धान केका लागि र कसका लागि गरन्िछ भन्ने प्रश्न उठ्नु स्वाभाविक छ," अर्का कानुन व्यवसायी कमल पोखरेलको टिप्पणी छ, "पछिल्लो केही समययता थुनछेकका क्रममा बरामदी मुचुल्कालाई नै अन्तिम प्रमाणका रूपमा लिने चलन बढेकाले थुप्रै निर्दोष मारमा परेका छन्।"

Source Nepal

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .