BREAKING NEWS

Thursday, July 12, 2012

लेखनाथ उद्योग वाणिज्य संघका महिला उद्यमी अध्ययन अवलोकन भ्रमणमा



लेखनाथ २५ , कास्की
धौलागिरी अञ्चलमा रहेका उद्योग वाणिज्य संघका महिला उद्यमीले गरेका गतिविधि अवलोकन गर्नका लागि लेखनाथ उद्योग वाणिज्य संघका ३५ सदस्सीय महिला उद्यमी सोमवार देखी अध्ययन अवलोकन भ्रमणका लागी प्रस्तान गरेका छन ।

लेखनाथ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य एवं महिला उद्यमी उपसमितिकी संयोजक गिता सुवेदीको नेतृत्वमा रहेको भ्रमण टोलीले धौलागिरी अञ्चलमा रहेका पर्वत, वाग्लुङ र म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यमीहरुले गरेको गतिविधी, अनुभव आदान प्रदान गर्ने उदेश्य रहेको छ ।

उक्त भ्रमण टोलीमा लेखनाथ उद्योग वाणिज्य संघकी कार्यालय सहायक अधिकृत पवित्रा श्रेष्ठ, महिला उद्यमी उपसमितिका सदस्यहरु र लेखनाथका सक्रिय महीला उद्योगी व्यवसायीहरुको सहभागिता रहेको छ ।

उक्त भ्रमण टोलीले सोमवार पर्वत, वाग्लुङमा र मंगलवार म्याग्दी उद्योग वाणिज्य संघमा अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .