BREAKING NEWS

Tuesday, July 31, 2012

सारापोभा विजयी

लन्डन , श्रावण १६ - एन्डी मुर्रे, नोभाक जोकोभिच र मारिया सारापोभाले ओलम्पिक टेनिसमा आइतबार जित हासिल गरेका छन् । ओलम्पिक इतिहासमा भारी वर्षाका कारण सय वर्षमा टेनिस पहिलोपल्ट 'इन्डोर' मा गराइँदै छ ।

यी तीनै खेलाडी ओलम्पिकका स्वर्णका दाबेदार हुन् । वर्षाका कारण विम्बल्डनको सेन्टरकोर्टको छाना छोपिएको थियो । सन् १९१२ को स्टकहोम ओलम्पिकदेखि नै टेनिस इन्डोरमा भएको छैन ।

सारापोभा र मुर्रेले आफ्नो टेनिस करिअरमा पहिलो ओलम्पिकमा सहभागी हुँदै जित हासिल गरे । बेलायतका मुर्रेले स्विट्जरल्यान्डमा स्टेनिलस वावारिन्कालाई ६-३ र ६-३ ले हराए भने सारापोभाले इजरायलकी सहर पिरलाई ६-२ र ६-० ले पराजित

गरिन् । त्यस्तै, विश्व वरीयतामा दोस्रो स्थानमा रहेका सर्वियाका जोकोभिचले इटालीका फाबियो फोगनिनिलाई ६-७, ६-२ र ६-२ ले हराए । तीन महिनाअघि यसै कोर्टमा जोकोभिच रोजर फेडेररसँग पराजित भएका थिए । सारापोभाले कुमको समस्याका कारण सन् २००८ को बेइजिङ ओलम्पिक गुमाएकी थिइन् । चौथो वरीयताका स्पेनी डेविड फेररले क्यानडाका भासेक पोस्पिसिललाई ६-४ र ६-४ ले हराए भने महिलाको विश्व नम्बर एक भिक्टोरिया अजारेन्काले रोमानियाकी इरिना क्यामेलिया वेगलाई ६-१, ३-६ र ६-१ ले हराइन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .