BREAKING NEWS

Saturday, July 28, 2012

लन्डनमा ओलम्पिकको भव्य उद्‍घाटन


लन्डन , श्रावण १३ - तीसौं गृष्मकालिन ओलम्पिक खेल शुक्रबार राति इष्ट लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक स्टेडियममा एक भव्य समारोहबीच उद्‍घाटन गरिएको छ ।

बेलायती महारानी एलिजावेथले समारोहको अन्तिमतिर खेल सुरु भएको उद्‍घोष गरेकी थिइन् । गद्यी आरोहणको ६ दशकमा महारानीले दोश्रो पटक ओलम्पिक खेल उद्घाटन गरेकी हुन् । उद्‍घाटन समारोहमा राजकुमार फिलिप, केट विलियम, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, युएस् फष्ट लेडी मिसेल ओवामासहित विश्वका प्रमुख नेताहरु सहभागी थिए ।

स्लमडग मिलिनियर निर्देशक डेनी बोयलको निर्देशनमा भएको तीन घण्टा ५० मिनेटको सो भव्य उद्घाटन समारोह रंगशालाका ८० हजार र विश्वभरका एक अर्व टिभी दर्शकले अवलोकन गरे ।

करिब २७ मिलियन पाउण्ड खर्च भएको सो समारोहमा बोयलले बेलायती इतिहास, गाउँले परिवेश, ५ दशकको बि्रटिश पप संगीत, स्वास्थ सुविधा (एनएचएस), प्राचीन प्रविधि र पछि औद्योगिक क्रान्ति झल्किने शो प्रस्तुत गरेर वाहीवाही बटुले ।

कलाकारहरु बाहेक घोडा, गाई, बाख्रा, कुखुरा, हाँस, भेडा जस्ता जनावर समेत शो मा उतारेका बोयलको शो अत्यधिक सफल भएपछि उनको लोकपि्रयता अरु आकाशिएको प्रशंसा बेलायती सञ्चारमाध्यमले गरेका छन् । सर पउल म्याक कार्टनीको प्रस्तुती पनि धेरैले रुचाए ।

टुर डि फ्रान्सका पहिलो ब्रिटिश खेलाडी ब्राडली विगिन्स्ले ठूलो घण्ट बजाएपछि रंगशालाभित्र सुरु भएको थियो ।

इंग्ल्याण्डका पूर्व क्याप्टेन डेभिड बेकह्याम र आर्सनल आवद्ध महिला फुटवल खेलाडी जेड बेलीले डुंगामा चढेर थेम्स् नदी हुँदै ओलम्पिक ज्योति रंगशाला लगेका थिए । बेकह्यामले ओलम्पिक टर्च लगातार ओलम्पिकमा ५ स्वर्ण जितेका सर स्टिभ रेडग्रेभलाई हस्तान्तरण गरेका थिए । रहस्यबीच पछि ओलम्पिक ज्योति सात युवा खेलाडीबाट जलाइयो ।

१२ अगस्तसम्म हुने तीसौं गृष्मकालिन ओलम्पिकमा विश्वका २०४ देशले सहभागिता जनाएका छन् । उद्घाटन समारोहमा ती सबै देशका खेलाडी र अफिसियलले मार्च पास गरे । नेपाली टोलीका तर्फबाट भने पौडी खेलाडी प्रसिद्धजंग शाहले झण्डा बोकेर मार्च पास गरेका थिए ।

from Ekantipur

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .