BREAKING NEWS

Wednesday, July 11, 2012

म्याराडोना प्रशिक्षकबाट हटाइए

असार २७, एजेन्सी
अर्जेन्टाइन लिजेन्ड डियगो म्याराडोना अरेवियन क्लब अल वसालको प्रशिक्षकबाट हटाइएका छन् । पुरै सिजनमा एउटा पनि उपाधि जित्न नसकेपछि १४ महिनाअघि क्लबमा अनुबन्ध भएका म्याराडोनालाई कार्यकाल सकिन एक बर्षअघि नै पदबाट हटाइएको हो । डिफेण्डिङ्ग च्याम्पियन वसालले गत सिजन आठौं स्थानमा घरेलु लीग सकेपछि पछिल्लो महिना क्लबका सबै पदाधिकारीले राजीनामा दिएका थिए । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाउन महत्वपूर्ण योगदान गरेका म्याराडोना लिगका दौरान विपक्षी टोलीका समर्थकलाई दुव्र्यवहार गरेपछि आलोचित भएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .