BREAKING NEWS

Saturday, July 7, 2012

आयल निगमले पेट्रोलको मुल्य घटाउने तयारी


काठमाडौं, २२ असार : अन्तरराष्ट्रिय बजारमा मूल्य घटेपनि नेपालमा नघटाउने अडान लिंदै आएको आयल निगमले पेट्रोलको मूल्य घटाउने तयारी थालेको छ ।

पेट्रोलको मूल्य समायोजनबारे छलफल गर्न नेपाल आयल निगम सञ्चालक समितिको बैठक बस्दैछ । स्रोतका अनुसार नियमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने तयारी गरिरहेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेपछि निगमलाई पेट्रोलको मूल्य घटाउन दबाव बढेको छ ।

इण्डियन आयल कर्पोरेशनले जुलाई १ मा पठाएको मूल्यसूची अनुसार आयल नियमलाई हाल पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ नाफा रहेको छ । त्यही मूल्यका आधारमा आयल निगमले यो महिनामा १३ करोड नाफा हुने बताएको थियो ।

(ओएनएस)Posted on: 2012-07-06

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .