BREAKING NEWS

Friday, July 6, 2012

लेखनाथ सहकारी मञ्चको लेखा तालिम सम्पन्न

लेखनाथ १९ असार ,सुदिपराज ढुङाना

लेखनाथ भित्र रहेका सहकारी संस्थाहरुको छाता संगठन लेखनाथ शहकारी मञ्चद्धारा आयोजित तिन दिने लेखा व्यवस्थापन तालिम मंगलवार सम्वनन भयो ।लेखनाथ क्षेत्रका विभिनन सहकारीका ३० जना संचालक तथा व्यवस्थापक हरुको सहभागिता रहेको तालिममा प्रमुख अतिथि तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराईले स्थापनाको छोटो समयमानै महत्वपुर्ण तालिमको आयोजना गरि यस मञ्चले उलेख्य तालिम आयोजना गरेको वताउदै शहकारीहरु कृषि पर्यटन क्षेत्रमा लगानीका लागि अग्रशर हुनुपर्नेमा जोड दिनुभयो ।मञ्चका संयोजक तथा वाटिका वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रशान्तराज धमलाको अध्यक्षतामा सम्पन्न उक्त समापन समारोहमा मञ्का सदस्य शोमलाल कडेल, ईन्द्रवहादूर थापा, रविरमण तिवारी लगाएतका वक्ताहरुले आ आफ्नो भनाई राख्नूभएको थियो ।लेखनाथ नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा सहभागिहरुको तर्फवाट विश्वमोहन पौडेल, गोपाल लामिछाने र सृजना लामिछाने ले तालिम अति फलदायी भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनका लागि आग्रह गरेका थिए ।उक्त तालिममा प्रशिक्षकको रुपमा राजेन्द्रप्रसाद कोईराला, भुपेन्द्र विनायक थापा र रविरमण तिवारीले सहजिकरण गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .